बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले आगामी बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन कायमका लागि पहल गर्ने बताएका छन् ।
काठमाडौंमा सोमबार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको १८औं वार्षिक साधारणसभा उद्घाटन समारोहमा उनले सुदूरपश्चिममा ६–७ प्रतिशतभन्दा बढी बजेट लैजान नसकेको भन्दै आफैं सरकारमा पनि रहेकाले आगामी बजेटमा क्षेत्रीय सन्तुलनका लागि सक्दो पहल गर्ने बताए ।
उनले भने,‘अघिल्ला वर्षहरुको तुलना यो वर्ष हामीले ६–७ प्रतिशतभन्दा बढी विकास वा बजेट सुदूरपश्चिममा लान सकेका छैनौं । कुनै समय त्योभन्दा अलि बढी पनि भयो होला तर समग्रमा सन्तुलन अहिले पनि कायम भएको छैन् । मेरो भूमिका अहिले सरकारमा सामेल भइरहँदा मन्त्रिपरिषद्मा कम्तिमा पनि सरकारले अब ल्याउने बजेटमा क्षेत्रीय सन्तुलन कायम हुने कुरामा मैले विशेष पहल गर्नेछु ।’
सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याइ रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आवश्यक रहेको पनि उनले बताए ।

Spread the love