बजेट घोषणा आज ४ बजे, प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

जेठ १५, काठमाडौं । आज शनिबार आर्थिक बर्ष ०७८/०७९ को बजेट सार्बजनिक हुँदैछ । बजेट सार्बजनिक हुनु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक लागेको हो । अहिले बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको छ । बजेटका सबै दस्ताबेजलाई शुक्रबार अबेर राति अन्तिम रूप दिएर आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठकमा पेस गरिँदैछ ।

मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।

जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको हो । तर प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको भन्दै अध्यादेशबाट बजेट नल्याउन सरकारलाई सरोकारवाला चौतर्फी दबाब दिइरहेका छन् । पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ ।

प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको सरकारले जनाएको छ ।

यस वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रित हुने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आफ्नो कार्यकालमा अघि बढाइएका विकास निर्माणका कामलाई पनि बजेटमा निरन्तरता दिने ओलीको भनाइ छ । डेढ महिनाअघि उनले यसपालि वृद्ध भत्ता बढाउने घोषणा पनि गरेका थिए । सोही अनुरुपका कार्यक्रमहरु बजेटमा राखिएको स्रोतको भनाई छ ।

 

Spread the love