बढ्यो स्वीडिश र डेनिश क्रोनरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्री दर १३७ रुपैयाँ २७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिद दर १५६ रुपैयाँ १५ पैसा र बिक्री दर १५६ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८५ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्कएकको खरिद दर १६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १६७ रुपैयाँ १५ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ०६ पैसा र बिक्री दर ८९ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ८४ पैसा र बिक्री दर १०० रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०६ रुपैयाँ २९ पैसा र बिक्री दर १०६ रुपैयाँ७६ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैङ्कका अनुसार जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ५० पैसा र बिक्री दर ३७ रुपैयाँ ६६ पैसा, थाइभाटएकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्री दर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।
यस्तै, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ २७ पैसा र बिक्री दर ३२ रुपैयाँ ४१ पैसा, साउथ कोरियनवन १०० को खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ २७ पैसा र बिक्री दर १४ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ४१ पैसा र बिक्री दर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्री दर ४४८ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिद दर ३६२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०६ पैसा, ओमनी रियाल एकको खरिद दर ३५५ रुपैयाँ ०१ पैसा र विक्री दर ३५६ रुपैयाँ ५७ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Spread the love