बलेफी हाईड्रोपावर कम्पनीको आईपीओ आज देखि निष्काशन तथा बिक्री खुला

माघ २७,काठमाडौं ।  बलेफी हाईड्रोपावर कम्पनीको आईपीओ माघ २७ गतेदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ।

कम्पनीले आजदेखि १८ लाख २७ हजार ९ सय ७० कित्ता साधारण शेयर(आईपीओ) निष्काशन खुला गरेको हो ।  निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं.२, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

आईपीओमा कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमए बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभाववितहरुले छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गते खुलासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ  ।  लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको रहेको छ।

Spread the love