बाजुरामा चाडपर्वको चहल पहल,बजारमा सामाग्री किन्नेको भीड

बाजुरा । नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावली नजिकिए सँगै बाजुरामा चहल पहल बढेको छ । यहाँका नौं वटै स्थानीय तहका ग्रामीण वस्तीमा निकै चहल पहल छाएको हो ।
चाडपर्व नजिकिएकाले बाजुराको सदरमुकाम मार्तडी लगायतका बजारमा उपभोक्ताको भीडभाड बढेको हो ।दसैं तिहारमा नयाँ कपडा,सुनचाँदी लगायतका सामाग्री किन्ने ग्राहकको घुइँचो लाग्ने गरेको छ।
मार्तडीबजार बाजुराको सदरमुकामसंगै जिल्लाको प्रमुख व्यापारीक केन्द्रभएकाले पनि उपभोक्ताको भीडभाड बढ्ने गरेको छ । दसैं तिहारमा घर आउने मानिसको संख्यामा पनि वृद्धि भएकाले बजारमा चहलपहल बढ्दै गएको हो ।
माथिल्लो चारवटा पालिका त्यस्तै छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकोट लगायत जिल्लाका नागरिक मार्तडी हुँदै जाने गरेका छन् ।
बिशेषतःदसैं तिहारमा सामान किन्ने उपभोक्ता त्यस्तै जिल्ला भित्रिने मानिसले मार्तडी बजारमा चहलपहल बढाएको छ।
चाडपर्वले चहल पहल बढेपछि व्यापार व्यवसायपनि फस्टाएको छv

Spread the love