बाढी पहिरोका कारण ताप्लेजुङको जनजीवन कष्टकर भएको भन्दै सांसद भट्टराईद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । एमाले सांसद योगेश भट्टराईले, ताप्लेजुङमा बाढीबाट भएको क्षति र प्रभावितको पुर्नस्थापनाका लागि सदनमार्फत सरकारको ध्याकर्षण गराएका छन् ।
आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै उनले ताप्लेजुङ बाढी र पहिरोका कारण अन्य जिल्ला र प्रदेश तथा संघीय राजधानीसंग सम्बन्ध विच्छेदको अवस्थामा रहेको भन्दै तत्काल आवश्यक पहलका ध्यानाकर्षण गराएका हुन् ।
विभिन्न ठाउँमा सवारी साधन नपुग्दा खाद्य संकट समेत भएको भन्दै तत्काल त्यसका लागि हवाई मार्गबाट भएपनि राहत पुर्‍याउन उनले सरकारको ध्यानाकर्षण गराए ।

Spread the love