बिहिबार सुनको मुल्यमा ५ सयले गिरावट

फागुन १९,काठमाडौं । बिहिबार सुनको मुल्यमा ५ सयले गिरावट आएको छ ।

बुधबार प्रतितोला ९९ हजार ५ सयमा कारोवार भएको सुनको मुल्य बिहिबार प्रतितोला ९९ हजारमा कारोवार भइरहेको छ । बिहिबार तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ५ सयमा कारोवार भइरहेको छ ।

बिहिबार चाँदीको मुल्यमा ५ रुपैँयाले वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार ३ सय ७५ रुपैँयामा कारोवार भएको  चाँदीको मुल्य बिहिबार प्रतितोला १ हजार ३ सय बिहिबार ८० रुपैँयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love