काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी वर्ष बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्ने लक्ष्य लिएको छ ।
मंगलबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै नेपाल बीमा प्राधिकरण अध्यक्ष शरद ओझाले बीमा व्यवसायीको प्रभावकारी नियमन गर्ने बताएका हुन् ।
उनले बीमा सेवाको गुणस्तर अभिबृद्धि गरी जोखिम न्यूनीकरण गर्दै सवल अर्थतन्त्रको निर्माणमा योगदान पुर्याउने समेत बताए ।
अध्यक्ष ओझाले आवश्यक स्रोतको कमि रहेको भन्दै बीमा क्षेत्रसँग सरोकार रहेका सरोकारवालाहरुसँग सम्बन्ध कमजोर रहेको पनि बताए ।