बुद्ध एयरका मालिकले काठमाडौंमा सुरु गरे चामलको व्यापार

काठमाडौं । आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्री वितरण शुरू गरेको छ । यसलाई एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल नाम दिइएको छ ।
मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा यस चामलको औपचारिक बिक्री शुरूवात घोषणा गरेका हुन् । बस्नेत बुद्ध एयरका प्रबन्ध निर्देशक हुन् ।
एभरेष्ट चामलको शुभारम्भ गर्दै बस्नेतले भने, ‘हामीले धेरै मेहेनेत गरेर नेपाली किसानको मात्र धान किनेर त्यसलाई आमउपभोक्ता माझ पुर्याएका छौं । चामलको मूल्य विदेशबाट आयातित चामलको दाँजोमा निकै सस्तो हुनेछ ।’

आयातित लंगग्रेन भन्दा स्वादिष्ट र उच्च एभरेष्ट सुपर लङग्रेन स्टीम र एभरेष्ट लङग्रेन स्टीम (तिब्बर) सार्वजनिक गरेको छ । आयातितको तुलनामा यस चामलको लम्बाई १७.४६ मिलिमिटर लम्बाई रहेको छ ।
आरजु राईस मिलले विगत केही वर्षदेखि पूर्वी नेपालका मोरङ, सुनसरी तथा झापाका चार हजार भन्दा बढी बिगाहा जग्गामा हजार्रौं किसानसँग सहकार्य गर्दै आएको छ ।
धान रोपाई अगाडि नै स्थानीय किसानका लागि चलन चल्तीको न्यूनतम समर्थन मूल्यभन्दा बढी तोकी धान खरिद गर्ने गरेको छ । आरजु राईस मिलले किसानको धानलाई मिलमा आइपुगेको दुई दिनभित्रै अनलाइन बैंकिङ प्रणालीबाट भुक्तानी गर्दै आएको छ ।

Spread the love