बुधबार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तीन सयले बढेर एक लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य एक लाख १२ हजार २५० रुपैयाँ कायम छ ।
हिजो बुधबार एक लाख १२ हजार ५०० रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ९५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।
त्यसैगरी,आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो १४ सय ८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

Spread the love