बुधबार नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा

काठमाडौं । साताका दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार थियो । बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० विन्दुमा बन्द भएको छ । कारोबार रकम भने भने हिजोका तुलनामा बढेको छ ।

५८ लाख ७४ हजार ९६७ कित्ता सेयर २ अर्ब ५४ करोड ७० लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबार नेप्से २.०६ अंकले बढेर बजार परिसूचक १९६०.८१ विन्दुमा रहँदा ५० लाख ६४ हजार ३८ कित्ता सेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको थियो ।

आज फाइनान्स उपसमूह अस्वाभाविकरुपमा ३.११ प्रतिशतले बढेको छ भने लघुवित्त उपसमूहको बढोत्तरी २.७६ प्रतिशत छ । व्यापार र जलविद्युत उपसमूह पनि बढेको छ ।

१२४ कम्पनीको सेयरमूल्य बढेको छ भने १०७ कम्पनीको घटेको छ । १२ कम्पनीका सेयरमूल्य स्थिर छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा पहिलो नम्बरमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त छ । उक्त लघुवित्तको १० करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ । ग्रामीण विकास लघुवित्तको ७ करोड १५ लाख, हिमालयन डिष्टिलरीको ५ करोड ८६ लाख र प्राइम कमर्सियल बैंकको संस्थापक सेयर ५ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

सेयरमूल्य बढ्ने कम्पनीमा इन्फिनिटी लघुवित्त पहिलो नम्बरमा छ । उक्त लघुवित्तको सेयरमा सकारात्मक सर्किट नै लागेको छ । दोल्ती पावर, समता घरेलु लघुवित्त, ग्रामीण विकास लघुवित्त, सृजनशील लघुवित्त लगायत सेयरमूल्य बढेका कम्पनीको सूचीमा अगाडि छन् ।

सेयरमूल्य घट्नेमा सर्वाधिक कुमारी सबल योजनाका लगानीकर्ताले गुमाएका छन् । उक्त योजनाको सेयरमा नेगेटिभ सर्किट नै लागेको छ ।

Spread the love