बुधवार सुनको मुल्यमा १ सयले गिरावट

असार २ , काठमाडौँ । बुधवार सुनको मुल्यमा १ सयले गिरावट आएको छ  । मङ्गलवार प्रतितोला ९३ हजार २ सयमा कारोवार भएको छापावाला सुनको मुल्य बुधवार प्रतितोला ९३ हजार १ सयमा कारोवार भइरहेको छ । बुधवार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सयमा कारोवार भइरहेको छ ।

बुधवार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्दि भएको छ । मङ्गलवार प्रतितोला १ हजार ३ सय ५५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य बुधवार प्रतितोला १ हजार ३ सय ६० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love