काठमाडौं । बेलायतका राजकुमार नेपाल भ्रमणमा आउने भएका छन् । मंगलबार बेलायतका राजकुमार एडवार्ड र श्रीमती सोफिया नेपाल भ्रमणमा आउने भएका हुन् । राजकुमार एडवार्ड बेलायती राजा चाल्र्स तृतीयका भाइ हुन् ।
गृह मन्त्रालय श्रोतका अनुसार भ्रमणकका क्रममा बेलायती राजकुमारले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम निरीक्षण गर्ने र पोखरा जाने कार्यक्रम तय भएको छ । गृह मन्त्रालले सुरक्षा व्यवस्थाका लागि आवश्यक निर्देशन दिईसकिएको जनाएको छ ।
राजकुमार एडवार्ड र श्रीमती सोफिया माघ २७ गतेसम्म नेपालमा रहने छन् ।