बैकिङ र वित्त क्षेत्रको परिसुचक बाहेक सबै परिसुचक घटे,सानिमा बैंकको सर्वाधिक शेयर खरीदविक्री

असोज ७,काठमाडौ ।शेयर बजार परिसुचक नेप्से २ दशमलव ७० अंकले बढेर २ हजार ८१९ दशमलव ६६ विन्दुमा पुगेको हो ।त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ९३ अंकले बढेर ५३० दशमलव ०२ विन्दुमा पुगेको छ ।

विहीवार बैकिङ र वित्त क्षेत्रको परिसुचक बाहेक सबै परिसुचक घटेको छ्न । बैंकिङ्ग क्षेत्रको परिसुचक २ दशमलव ४७ प्रतिशत र वित्त क्षेत्रको परिसुचक ० दशमलव ३१ प्रतिशतले बढेको छ ।

व्यापार समूहको १ लदशमलव ४१ प्रतिशत,विकास बैंक समूहको १ दशमलव ५२ प्रतिशत,हाइड्रोपावर समूहको २ दशमलव २४ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशमलव ७३ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव २ प्रतिशत,अन्य समूहको १ दशमलव २ प्रतिशतले घटेको छ ।

विहीवार २२८ ओटा कम्पनीको  १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयरको ८७ हजार ८१० पटकमा रू.७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।आज सबै भन्दा बढी कारोवार सानिमा बैंकको भएको छ । उक्त कम्पनीको रू. ३४ करोड १५ लाख ८३ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

Spread the love