भदौ २२ र २३ गते ‘वर्डक्याम्प काठमाडौं २०२३’ विशेष कार्यक्रमको आयोजना हुने

काठमाडौं । वर्डप्रेस काठमाडौंको आयोजनामा भदौ २२ र २३ गतेका दिन ‘वर्डक्याम्प काठमाडौं २०२३’ दुई दिने विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।
वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरु, वर्डप्रेस विशेषज्ञहरु तथा वर्डप्रेस जान्न उत्सुकहरुलाई काठमाडौंको गैरीधारामा बृहत दुई दिने कार्यशाला आयोजना गरिने भएको हो ।
यो कार्यक्रम मूलतः काठमाडौं वर्डप्रेस समुदायले नेतृत्व लिएर विभिन्न देशमा कार्यरत वर्डप्रेस विशेषज्ञ, कम्पनीहरुबीच सहकार्य, शिक्षा र नेटवर्किङ गर्ने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको वर्डप्रेस नेपाल कम्युनिटीका संयोजक सुवास खड्काले जानकारी दिए ।
उनले वर्डक्याम्पमा विविध पृष्ठभूमिबाट सहभागीहरू आउने हुँदा यस कार्यक्रममा सामान्य प्रयोगकर्ताहरूदेखि मूल डेभलपरहरूसम्मको समूहले जानकारी र विशेषज्ञता आदान प्रदान गर्ने पनि बताए ।
कार्यक्रमको पहिलो दिन भदौ २२ गतेलाई कन्ट्रिव्यूटर डे को रूपमा तालिममा समावेश गरिने भएको छ । जसमा सहभागीहरु वर्ड प्रेस इको सिस्टममा आफुलाई कसरी स्थापित गर्ने, नयाँ कुरा कसरी सिक्ने र अनुभव साटफेर गर्ने कुरामा व्यस्त हुन्छन ।
सम्मेलनको दोस्रो दिनमा प्रमुख कार्यक्रमका सत्रहरु राखिएका छन जसमा सबै प्राथमिक वा अनुभवी डेभलपरहरुका लागि अनुकूल शैलीका सत्रहरू राखिएका छन् ।
‘वर्डक्याम्प काठमाडौं २०२३’ ले सिक्न र नेटवर्किङका संवादको अवसरसँगै गैर नाफा मुलक संस्थाहरूको निशूल्क वेबसाइट बनाइ दिने कार्यक्रम आयोजना गरिने छ । जसले अनलाइन पहुँचलाई बढाउन सहयोग गर्दछ ।

Spread the love