भन्सार एजेन्टको परीक्षा फागुन २८ गते हुने

माघ २६,काठमाडौं । भन्सार एजेन्टको परीक्षा फागुन २८ गते हुने भएको छ ।

कोभिडका कारण भन्सार एजेन्टको परीक्षा रोकिंदै आएको थियो । २०७८ जेठ २२ मा तोकिएको परीक्षा कोरोना संक्रमणका कारण स्थगित गरिएको साथै माघ २९ गते तोकिएको परीक्षा पनि स्थगित गरिएको थियो । भन्सार विभागले आज सूचना प्रकाशित गरी परीक्षाको मिति तोकेको हो ।भन्सारको  एजेन्ट ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएका छन् ।

Spread the love