भारतीय दूताबासको २० करोड लगानी षडयन्त्रपूणर् योजना हो ः पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतीय दूताबासमार्फत सोझै २० करोड लगानी हुनु डरलाग्दो षडयन्त्रपूणर् योजना रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रममा बोल्दै उनले विगतमा पाँच करोड वितरण भईरहेकोमा एकै पटक अहिले २० करोड पुर्‍याउनु नेपालमा आफ्ना मान्छे बनाउने डरलाग्दो षडयन्त्रपूणर् योजना रहेको बताएका हुन् ।
‘कुनैबेला दूताबासले तीन करोड वितरण गर्दथ्यो । पछि पाँच करोड वितरण गर्ने कुरा प्रारम्भ गरियो । अहिले २० करोड पुर्याइएको छ । यो हाम्रो राष्ट्रको बजेट अन्तरर्गत होईन् । कुनैपनि मूलुकको दुतावासले नेपालभित्र आएर पैसा वितरण गरेर आफ्ना मान्छे बनाउने योजनाको एउटा डरलाग्दो षडयन्त्रपूणर् योजना बनाइएको छ,’ उनले भने,‘नेकपा एमाले त्यो सहमति वा सम्झौताको विरोध गर्दछ । असहमति प्रकट गर्दछ । सम्झौता राष्ट्रिय हित विपरीत हो । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रमा र्हास आउने कुरा हो ।’
फरक प्रसङ्ग उल्लेख गर्दै पोखरेलले अहिले जातीय सद्भावलाई खलबल्याउन पहिचानको नाममा आगो सलकाउने काम भएको पनि टिप्पणी गरे ।

Spread the love