भृकुटीमण्डपमा भृकुटी फन पार्क उद्घाटन र राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण

काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण गरिएको छ । भृकटीको शालिक निर्माण गरी आजबाट भृकुटी फन पार्क उद्घाटनका साथै शालिक अनावरण गरिएको हो । शालिक अनावरण महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गर्नुभएको थियो । शालिक अनावरणपछि बोल्दै मन्त्री रेग्मीले संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताउनु भयो । उहाँले राष्ट्रिय विभूतिहरुलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको पनि बताउनु भयो । मन्त्री रेग्मीले संस्कृतिलाई बिसिर्न थाले देशमा पाश्चात्य संस्कृतिको हाबी हुने भएकाले राष्ट्रिय विभूति र संस्कृतिको संरुक्षणमा जुट्न आग्रह गर्नुभयो ।
मन्त्री रेग्मीले हरेक संस्कृतिको धरोहरहरुको खोजि गरी संरक्षण संवद्र्धनमा लाग्नुपर्ने अहिलेको आवश्यक्ता भएको बताउनु भयो ।

Spread the love