भ्रमणवर्ष २०२० को उद्घाटन तयारी पुरा

संस्कृति, पर्यटन तथा नागरिक  उड्डयन मन्त्रालयले नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको हो । मन्त्री योगेश भट्टराईले सिंगो मुलुकलाई उल्लासमय बनाउन उद्घाटको दिन दिपावली मनाउन आग्रह गर्नुभएको छ । मुलुकलाई जुरुक्क उठाउने र विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको छ भन्ने सकारात्मक सन्देश दिन भ ्रमण वर्षको आयोजना गरिएको उहाँले बताउनुभयो । नेपाल पर्यटनका लागि संसारमै एक अद्धितिय पर्यटकीय गन्तव्य हो भनेर चिनाउन, विश् भरीका लगानीकर्तालाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी गराउने उद्देश्यले यसको आयोजना गरिएको उहाँले बताउनुभयो ।

सरकारले भ्रमणवर्षको उद्घाटन विशेष कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपतिले जनवरी १ तारिखमा भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन शत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन पनि गर्नुहुनेछ । उद्घाटनको दिन सबैलाई दिपावली मनाउन सरकारले आग्रह गरेको छ ।

Spread the love