भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।  प्रधानमन्त्री ओलीले स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने बताउनुभएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासनका लागि चाल्ने कदममा आफु नहिचकिचाउने बताउनुभयो । जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पु¥याउनुको अर्थ लुटका लागि नभएको उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘हामी यस्तो प्रणाली भित्र छौँ की कहाँ कसरी शासक शासनमा गयो । जनप्रतिनिधिलाई पु¥यायो भने रुलिङ पोजिसनमा पु¥याउनुको अर्थ लुटिङ फ्यासलिटी दिएको होइन् ।’ ओलीले अहिले विकासका लागि उपयुक्त वातावरण भएकाले लुटको सुविधा नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले यहि चालले अघि बढ्यो भने प्रधानमन्त्री पद धरापमा पर्ला भनेर धेरैले भन्ने गरेको उल्लेख गर्दै भन्नुभयो, ‘मलाई त्यसको चिन्ता छैन् । प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने होइन्, एउटा सिस्टम बसाउने हो । हजार वर्ष कसैले पनि रुल गर्दैन । जतिसुकै सफल भएपनि प्रकृतिले धेरै लामो समय रुल गर्न दिँदैन, मान्दैन् ।’ प्रधानमन्त्री ओलीले लामो समय शासन गर्न खोज्दा परिणाम राम्रो नहुने बताउनुभयो ।

Spread the love