मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगको आग्रह

निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने भएको छ । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचारु गरेको जनाएको हो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकता खटाएको बताएको छ । गत स्थानीय तहको निर्वाचनमा प्रभावकारी नभएका कारण स्थागन गरेको भएपनि आयोगले यस पटक भने कात्तिक १८ गतेदेखि नै मतदाता शिक्षा शुरु गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनु भयो । उहाँले निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउनको लागि मतदाता शिक्षा निर्देशिका, २०७९ निर्माण गरी मतदाता शिक्षा दिइरहेको बताउनु भयो । उहाँले निर्देशिकाले समेटेका विभिन्न कार्यक्रम सञ्चालनका लागि मतदाता शिक्षा सामग्रीहरु छपाएर सबै स्थानीयहरुमा वितरण भइसकेको पनि बताउनु भयो । सहप्रवक्ता अर्यालले मतदाता शिक्षाको लागि अडियो सामग्री रेडियो र भिडियो समग्री टेलिभिजन तथा अनलाइनमार्फत प्रशारण भइरहेको बताउनु भयो । उहाँले एक महिना अगाडिबाट नै आयोगले नमूना मतपत्रहरु प्रत्येक जिल्ला निर्वाचन कार्यलयमार्फत जिल्लाका प्रत्येक नगरपालिका र गाँउपालिकामा पुर्‍याएर नगर र पालिकाको एक स्थानमा नमूना मतदान गर्नेगरी बजेटको व्यवस्था गरेकोसमेत बताउनु भयो । उहाँले मुलुकभरका ६ हजार ७५३ वडामा कार्यकर्तामार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताउनु भयो । सहप्रवक्ता अर्यालले स्थानीय तहको मातहतमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएकाले विगतको तुलनामा यो निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुने विश्वास लिएको पनि बताउनु भयो ।
सहप्रवक्ता अर्यालले निर्वाचन आयोगले राजनीतिक दलका उम्मेद्वारहरुलाई मतदातसँग मत माग्ने मात्रै नभएर मत हाल्न सिकाउन आग्रह गरेको बताउनु भयो । उहाँले राजनीतिक दलमा उम्मेद्वारहरुले मत माग्न जाँदा मत हाल्ने तरिका सिकाउँदा मतदाता शिक्षा थप प्रभावकारी हुने बताउनु भयो । उहाँले प्रत्येक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन क्षेत्रका सक्कली मतपत्रको ढाँचा आयोगले वेब साइडमा राखेकाले सोही मतपत्रका आधारमा मतदातालाई मतदाता शिक्षा दिन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।
उहाँले विगतका निर्वाचनहरुमा भन्दा यो निर्वाचनमा मतदाता बढाउने र बदर मत खस्ने प्रतिशत न्युनिकरण गरी निर्वाचन राम्रो बनाउने योजना रहेको बताउनु भयो । सहप्रवक्ता अर्यालले शिक्षित मतदाता तयार पार्दा मात्रै मतदाताको अर्थपूणर् सहभागिता हुने बताउनु भयो । उहाँले मतदातालाई सही तरिकाले मतदान गर्न सिकाउनु अहिलेको प्रमुख प्राथमिकताको विषय भएको दाबी गर्नुभयो ।

Spread the love