काठमाडौं । महालक्ष्मी विकास बैंकले ३१ औं वर्ष प्रवेश गरेको अवसरमा आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५, सस्ंकरण ४ बुधबार देखी आरम्भ भएको छ ।
हरेक वर्ष झैं यसवर्ष पनि बैंकको वार्षिकोत्सवको अवसरमा क्रिकेट लिग गर्न लागेको हो । बिभिन्न बैंक तथा वित्तीय संस्थाहरु, बिमा कम्पनीहरु साथै मर्चेन्ट बैंकहरुको सहभागिता रहको उक्त क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको छ ।
चारदिन सम्म चल्ने लिगमा कुल३९ खेलहरु र २४० जना खेलाडीहरुको सहभागितारहने छ । महालक्ष्मी क्रिकेट लिगमा ९ वाणिज्य बैंकहरु, ८ विकास बैंक, १ वित्तकम्पनी, १ लघुवित्त कम्पनी, ३बिमाकम्पनी, र २ मर्चेन्ट बैंकको उत्साहपूूर्ण सहभागिता रहने छ ।
बैंकले बुधबार आयोजना गरेको समुद्घाटन कार्यक्रममा महालक्ष्मी विकास बैंकको संचालक समितिका अध्यक्षले म्याच अफिसियलहरुलाई बल र ब्याट हस्तान्तरण गरी लिगको आरम्भ गरेका थिए ।