मुलुकको आवश्यक्तालाई सम्बोधन हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको अर्थमन्त्रीको दावी

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यक्तालाई सम्बोधन हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दावी गर्नु भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उहाँले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनु भएको हो । काँग्रेस प्रवक्ता समेत रहनु भएका उहाँले सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनि सरकारले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उहाँको भनाई थियो । मन्त्री महतले सरकारको नीति तथा कार्यक्रम नयाँ आविष्कारको विषय नभएको र त्यसलाई त्यसरुपमा बुझन नहुने पनि बताउनु भयो ।

Spread the love