यहीँ साताभित्रमा मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

साउन २५,काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति  सार्वजनिक गर्ने  भएको छ ।

साउन पहिलो साता नै  मौद्रिक नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले तयारी समेत गरेको थियो ।सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा ढिलाइ गरिरहेको छ । आज सोमबार पनि सार्वजनिक हुने सम्भावना नरहेको राष्ट्र बैंक श्रोतले बताएको छ ।

यो साताभित्रमा मौद्रिक नीति सार्वजनि गर्ने तयारी रहेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले  बताए ।

Spread the love