यातायात व्यवसायीहरुको महाधिवेशनको तयारी पुरा

यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले छैटौँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ ।

चैत २७ (भोलि) देखि २९ गतेसम्म काठमाडौँ र ललितपुरमा हुने सम्मेलनमा देश्भारिबाट १५ सय बढी प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुनेछन् । महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक एवं महासंघका महासचिव सरोज सिटौलाले शनिवार न्युज एजेन्सी नेपालसँग कुरागर्दै सम्मेलनमा सबै प्रदेशका यातायात मन्त्रीहरु सहभागी हुने बताउनु भयो । आइतवार प्रधानमन्त्री शेरबहादुर देउबाले काठमाडौं रामशाहपथस्थित स्काइ दरबार बैंक्वेटमा उदघाटन गर्ने कार्यक्रम रहेको छ भने बन्दसत्र र निर्वाचनको कार्यक्रम ललितपुरको गोदावरीमा रहेको सनराइजहलमा हुनेछ । महासचिव सिटौलाले यो महाधिवेशनले अधिकार सम्पन्न यातायात प्राधिकरण स्थापनाको मागलाई बलियो साथ उठाउने बताउनु भयो ।

सरकारले विभिन्न यातायात समितिहरु खारेज गरि यातायात ब्याबसायलाई कम्पनि मोडलमा लगे पनि आवश्यक नियम–नियमावली र कार्यविधि नबनाउदा काम गर्न अप्ठेरो भएको यातायात ब्याबसायीहरुले गुनासो गर्दै आएका छन् । कार्यविधिको अभावमा दुर्घटना पछिको उपचार र बीमा दावी भुक्तानी लगायतको काममा विवाद देखिन थालेको छ । कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको महाधिवेशन आइतबारदेखि काठमाडौंमा हुन लागेको हो । महासङ्घमा हाल देशभरका झण्डै ५०० यातायात कम्पनीहरु आवद्ध छन् । यो महाधिवेशनले नयाँ नेतृत्व समेत निर्वाचित गर्नेछ । न्युज एजेन्सी नेपालसँग कुरागर्दै अहिलेका महासचिव सिटौलाले महासंघको नयाँ नेतृत्वको लागि आफु पनि उम्मेदवार बन्ने बताउनु भयो । यातायात ब्याबसाय र ब्याबसायीको हक हीतको लागि लामो समय काम गरेकोले आफु निर्वाचित हुने विश्वाश ब्यक्त गर्नुभयो । महासंघको महाधिवेशनले तीन वर्षको कार्यकालको लागि नयाँ नेतृत्व सहित पदाधिकारीहरु चयन गर्ने छ । महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन २०७४ माघमा चितवनमा सम्पन्न भएको थियो ।

Spread the love