काठमाडौँ। प्याराडाइज इन्टरनेसनल प्रा. लि. कार्तिक महिनाको उत्कृष्ट टप १० मध्ये पहिलो मेनपावर हुन सफल भएको छ । वैदेशिक रोजगार विभागको रिपोर्ट अनुसार प्याराडाइज इन्टरनेसनल प्रा.लिले कार्तिक महिनामा मात्र ५७५ जना कामदारहरू वैदेशिक रोजगारमा पठाएको हो । गत कार्तिक महिनामा मात्र ५७५ जना कामदारहरू वैदेशिक रोजगारमा पठाएर कार्तिक महिनाको टप १० मध्ये पहिलो भएको हो।
त्यस्तै दोस्रो स्थानमा एसओएस मेनपावर सर्भिस रहेको छ । एसओएस म्यानपावरले गत कार्तिक महिनामा मात्र ४९१ जनाको फाइनल एप्रुभल लिएको छ ।
तेस्रो स्थानमा कायम गर्न सफल भएको छ निलकमल इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा. लि । निलकमल इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा. लिले ४५२ जनाको फाइनल एप्रुभल लिएको छ ।
लिङ्क इन्टरनेसनल प्लेसमेन्ट प्रा.लि. चौथो स्थानमा रहेको छ जसले ४५२ जनाको फाइनल एप्रुभल लिएको छ।
त्यस्तै गल्फ मेनपावर सर्भिस प्रा.लि.ले पाँचौं स्थान कायम गर्न सफल भएको छ। गल्फ मेनपावर सर्भिस प्रा.लि.ले गत कार्तिक महिनामा मात्र ४१३ जनाको फाइनल एप्रुभल लिएको हो ।
छैठौँ स्थान कायम गर्न सफल भएको छ एयर किङ प्लेसमेन्ट प्रा.लि. जसले ३८७ जना कामदारहरूको फाइनल एप्रुभल लिएको छ। सातौं स्थानमा रहेको छ एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्ट प्रा.लि. जसले ३२४ जनाको एप्रुभल लिएको छ। आठौं स्थानमा रहेको छ एम्पावर हन्टर एच. आर. सोलुसन प्रा.लि. जसले ३०३ जनाको फाइनल एप्रबल लिएको छ। नवौं स्थान कायम गर्न सफल भएका मदरल्यान्ड ओभर्सिज प्रा.लि. जसले कार्तिक महिनामा मात्र ३०४ जनाको फाइनल एप्रुभल लिएको छ। दशौं स्थानमा पुग्न सफल भएको छ साउन्डलाइन रिक्रुटमेन्ट प्रा.लि. जसले कार्तिक महिनामा मात्र ३०३ जनाको फाइनल एप्रुभल लिएको वैदेशिक रोजगार विभागले जनाएको छ।