यी हुन् श्रावण महिनाका टप टेन मेनपावर: एसओएस पहिलो, प्याराडाइज दोस्रो र नीलकमल तेस्रो

काठमाडौँ । एसओएस मेनपावर सर्भिस प्रालि श्रावण महिनाको उत्कृष्ट पहिलो भएको छ । श्रावण महिनामा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएर सओएस उत्कृष्ट पहिलो भएको हो । एसओएस मेनपावर सर्भिस प्रालिले श्रावण महिनामा मात्र ९६९ जना कामदार वैदेशिक रोजगारीमा पठाएको वैदेशिक रोजगार विभागले जनाएको छ । प्याराडाइज इन्टरनेसनल प्रा लि श्रावण महिनामा उत्कृष्ट दोश्रो भएको छ । प्याराडाइज इन्टरनेशनल प्रा.लि.ले श्रावण महिनामा मात्र ८४४ जना कामदार वैदेशिक रोजगारीमा पठाएको वैदेशिक रोजगार विभागले जनाएको छ । गत वर्ष धेरै कामदार वैदेशिक रोजगारीमा पठाएर उत्कृष्ट पहिलो भएको नीलकमल ह्युमन रिसोर्स उत्कृष्ट तेस्रो नम्बरमा परेको छ ।नीलकमल ह्युमन रिसोर्सले श्रावण महिनामा मात्र ७४० जना कामदार वैदेशिक रोजगारीमा पठाएको छ ।
श्रावण महिनामा उत्कृष्ट टप टेन पर्न सफल मेनपावरहरु क्रमशःसपोर्ट ह्युमन रिसोर्स गल्फ म्यानपावर सर्भिसेस साउन्ड लाइन्स रिक्रुटमेन्ट, बज्र ह्युमन रिसोर्स, लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस, अल सेक्युर ह्युमन रिक्रुटमेन्ट र लुलु इन्टरनेसनल रहेका छन् ।
श्रावण महिनाका उत्कृष्ट टप ट्वान्टी मेनपावर कम्पनीहरु :
१ एस.ओ.एस. मेनपावर सर्भिस प्रा.लि. ९६९
२ प्याराडाइज इन्टरनेशनल प्रा.लि. ८४४
३ नीलकमल ह्युमन रिसोर्स प्रा.लि. ७४०
४ सपोर्ट ह्युमन रिसोर्स प्रा.लि. ४१७
५ गल्फ मेनपावर सर्भिसेस प्रा.लि. ३७८
६ साउण्डलाइन्स रिक्रुटमेन्ट (प्रा.) लि. ३७३
७ अल सेक्योर मेनपावर रिकृटमेन्ट प्रा.लि. २७७
८ लुलु इन्टरनेशनल प्रा.लि. २७५
९ अल–हयात म्यानेजमेन्ट सिस्टम प्रा.लि. २६४
१० मास मेनपावर प्रा.लि. २६०
११ एएल–अस्माक्स कम्पनी प्रा.लि. २५९
१२ एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्ट्स प्रा.लि. २३९
१३ ट्रान्स एसिया इन्टिग्रेट सर्भिसेस प्रा.लि २२५
१४ एयर किंग्स प्लेसमेन्ट प्रा.लि. २१९
१५ ब्रदर्स इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि. २०५
१६ लुना एचआर सोलुसन्स प्रा.लि. २०४
१७ भिजन एण्ड भ्यालु ओभरसिजप्रा.लि. २००
१८ शिखर इन्टरनेशनल मेनपावर सर्भिसेस प्रा.लि. १९२
१९ टेस्ला ओभरसिज प्रा.लि. १९२
२० सफी इन्टरनेशनल सर्भिसेस प्रा.लि. १७४

Spread the love