राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/०७९’ पेश

सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/०७९’ पेश गरेको छ । आईतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेश गर्नु भएको हो । यसअघि बैठकले सांसदहरु अनिता देवकोटा, देवेन्द्र दाहाल, गोपीबहादुर सार्की अछामी, मदनकुमारी साह गरिमा, प्रमिला कुमारी र शेखर कुमार सिंह रहनु भएको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरेको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो कार्यव्यवस्था परामर्श समिति पुनर्गठनका लागि प्रस्ताव गर्नु भएका सांसदहरुको नामावलीमा बैठकले सहमती जनाएको हो । बैठकमा अध्यक्ष तिमिल्सिनाले भन्नु भयो,
‘राष्ट्रियसभा नियमावली २०७५ को नियम १३ बमोजिम राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिलाई देहाय बमोजिम पुनर्गठन गरेको छु । माननीय अनिता देवकोटा, माननीय देवेन्द्र दाहाल, माननीय गोपीबहादुर सार्की अछामी, माननीय मदनकुमारी साह गरिमा, माननीय प्रमिला कुमारी, माननीय शेखर कुमार सिंह । प्रस्तावित नामहरुलाई सहमती जनाई दिन अनुरोध गर्दछु । प्रस्तावित नामहरु सभाबाट सहमती प्राप्त भएको घोषणा गर्दछु । अव म माननीय अर्थमन्त्रीको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मालाई आर्थिक सर्वेक्षण २०७८/०७९ सभा समक्ष गर्न अनुमति दिन्छु ।’ राष्ट्रियसभाको अर्को बैठक आजै साँझ साँढे ६ बजेका लागि बोलाइएको छ ।

Spread the love