राष्ट्र बैकले भन्यो,‘सकेसम्म घरबाटै बैंकिङ काम गर्नु’

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमणको जोखिम बढेको भन्दै सेवालाई सकेसम्म विद्युतीयमाध्यमबाट गर्न/गराउन निर्देशन दिएको छ । कर्मचारीको हकमा समूहमा विभाजन गरी समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी काम गराउन, रिमोर्ट एक्सेस, वर्क फ्रम होम, सिफ्टमा काम गराउनेलगायतको उपाय अबलम्बन गराउन राष्ट्र बैंकले भनेको छ ।

बैंकले सोमवार ९ बुँदे सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुने र भौतिक दुरी कायम हुने गरी व्यवस्था मिलाई भौतिक आवतजावतसकेसम्म कम हुने गरी विद्युतीय माध्यमबाट गर्न र गराउन प्रोत्साहन गर्न भनेको छ । त्यसैगरी बैठक, गोष्ठी, सेमिनार, तालिम, जस्ता कार्य सकेसम्म भर्चुअलमाध्यमबाट गराउन पनि भनेको छ ।

Spread the love