ललितपुर महानगरपालिकाबाट अन्य पालिकाले पनि सिक्न सक्छन् ः मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले, ललितपुर महानगरपालिकाले अन्य पालिकाले समेत धेरै कुरा सिक्नु पर्ने बताएका छन् ।
शुक्रबार ललितपुर वडा १९ मा आयोजित सद्भाव मेलामा उनले आफूले गरेका कामलाई नमुना कामको रुपमा लिएर अरुले समेत आफ्नो शैली पछ्याएको बताए ।
उनले जारी सद्भाव मेला समेत अन्य पालिकाका लागि सिकाइका अर्को अध्याय हुन सक्ने दाबी गरे । ‘यो सद्भाव मेलाले पक्कै पनि हाम्रो ललितपुर महानगरपालिकालाई मात्र होइन अन्य पालिकाहरुलाई पनि सन्देश दिने काम गर्छ भन्ने कुरा मैले आँकलन गरेको छु ।’ उनले भने ‘ ललितपुर महानगरपालिकाले भए गरेको काम कुराहरु अन्य पालिकाले सोकेस प्रोजेक्टको रुपमा लिइरहेका छन् । अरुको लागि यो नमुना पालिका भइरहेको छ ।’
उनले महानगरपालिकाले धेरै राम्रा कामहरु सम्पादन गरेको सुनाए ।
‘हामीले एउटा नीति लिएका छौ । यो महानगरपालिकालाई स्मार्ट सिटी बनाउने भन्दै गर्दा त्यो भित्र घटिमा पनि १० प्रतिशत खुला जग्गा हुनुपर्छ । त्यहाँ जो कोही पनि हिड्न पाउनुपर्छ ।’

Spread the love