ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा सुरु

काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ ।
महानगरको १०५औं स्थापना दिवसको अवसरमा सोमवार आज महानगरभित्र स्वास्थ्य बीमा सुरु गरिएको हो ।
दुई जनालाई विद्युतीय कार्ड वितरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् ।
वि.स. २०७२ चैत्र २५ गते पहिलो पटक कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो। त्यस लगत्तै यो कार्यक्रम देशभर लागु गरिएको हो।
स्वास्थ्य बीमा कसरी गर्ने ?
स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षा अन्र्तगतको कार्यक्रम हो । ५ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ, ६ देखि ७ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ४ हजार ७ सय र १० जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ७ हजार रुपैयाँमा स्वास्थ्य बीमा गर्न सक्दछन् ।
स्वास्थ्य बीमा गरेका परिवारका सदस्यले वार्षिक १ लाख बराबरको निःशुल्क उपचार सेवा पाउने गर्दछन् । उक्त सुविधा देशभरका नीजि र सरकारी गरेर ४ सय ६६ स्वास्थ्य संस्थाबाट लिन सकिन्छ ।

Spread the love