ललिता निवासको जग्गा प्रकरणमा १ सय ७५ जना विरुद्ध मुद्धा दायर

ललिता निवासको जग्गा प्रकरणमा १ सय ७५ जना विरुद्ध मुद्धा दायर भएको छ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित तीन जना पूर्वमन्त्री गरी १ सय ७५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारससिहत तत्कालिन भूमि सुधारमन्त्री डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र अन्तरिम मन्त्रिपरिषद्मा भुमिसुधारमन्त्री बनेका पूर्व सचिव छविरावज पन्तसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको बताएको छ । अख्तियारका अनुसार पूर्व अख्तियार प्रमुख दीप बस्न्यात, पूर्वसचिव दिनेशहरि भण्डारी र उहाँकी पत्नी भुवनकुमारी चापागाईं विरुद्ध मुद्धा दायर भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको छानबीन समितिले समेत  सरकारलाई छानबिन प्रतिवेदन बुझाई सकेको छ । अख्तियारले मुद्दा दायर भएका ६५ जनाबाट जग्गा जफत गर्ने र बाँकीलाई बीगो सहित सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो । आयोगले विजयकुमार गच्छदारसँग ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ, डम्बर श्रेष्ठसँग ९ करोड ७५ लाख ७५ हजार रुपैया, चन्द्रदेव जोशीसँग ७ करोड ८ लाख ४८ हजार रुपैयाँ बिगो दाबी गरेको छ । त्यस्तै पूर्व सचिवहरु दीप बस्न्यातसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ, दिनेशहरि अधिकारीसँग ७ करोड ८ लाख ४८ हजार रुपैयाँ र छविराज पन्तसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरेको छ । त्यस्तै भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग ११ करोड २० लाख रुपैयाँ र शोभाकान्त ढकालसँग ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो दाबी गरेको छ । अख्तियारले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माधव कुमार नेपाल र पूर्व मुख्यसचिव लीलामणि पौडेलविरुद्ध भने मुद्दा नचलाउने निर्णय गरेको छ ।

Spread the love