काठमाडौं । सार्वजनिक लेखा समितिमा सांसदहरूबीच चर्का चर्की भएको छ।
बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरण सम्बन्धी स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन माथिको छलफलमा सत्तापक्ष र विपक्ष दलका सांसदहरूबीच चर्काचर्की भएको हो।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमन लाल मोदीले सत्तापक्ष तथा नेकपा एमालेका प्रधानमन्त्री केप् िशर्मा ओली र एमाले सांसदहरूले फरक प्रस्ताव राखेको भन्दै उनले अन्तर्राष्ट्रिय परम्परा अनुसार जुन पार्टीको प्रधानमन्त्री हुन्छ, सोही दलको सभापति लेखा समितिमा हुन नहुने विषय उठाएका थिए ।
सोही क्रममा एमालेका सांसद गोकुल बास्कोटाले समितिमा सबै सांसदको हैसियतमा रहेको भन्दै एमालेको नाम लिइएकोमा आपत्ति जनाएका थिए।
एमालेबाट गोकुल बास्कोटा र योगेश भट्टराईले आक्रोश पोखिरहँदा एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आले र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पनि आक्रोश पोखेका थिए।