काठमाडौं ।परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले विदेशिएका नेपालीविद्यार्थीहरुलाई स्वदेश फर्किन आग्रह गरेकी छिन् ।
विदेश जानचाहने विद्यार्थीलाई रोक्न नसकिएपनिक्षमताविकास गरेर स्वदेश फर्किन आग्रह गरेकीहुन् ।
महाराजगंजनर्सिङ क्याम्पस स्वतन्त्रविद्यार्थी युनियनले आइतबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राणाले ६२८ उत्तिर्ण भएका नर्सहरुमध्ये ५०५ विदेश गएको भन्दै उनले क्षमता विकास गरेर स्वदेश फर्किन आग्रह गरेकी हुन् ।
महाराजगंज नर्सिङ क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ९क्युएए० हालसम्म प्राप्त गर्न नसकेको सुन्दा अचम्म लागेको पनि उनले बताइन् ।
यसैगरीमन्त्री डा। राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकुल तालिम र प्राविधिक संशोधन उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।