विद्युत आपूर्तिको माग बढेको छ तर व्यवस्थापनमा चुनौति छ : मन्त्री खड्का

काठमाडौं । उर्जा जल श्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले विद्युत उत्पादनलाई हरेक नागरिकको आय आर्जन सँग जोड्ने गरी काम गरिरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघको वार्षिकोत्सव समारोहमा बोल्दै उनले विद्युतको आवश्यकता बढिरहेको अवस्थामा चुनौतीहरु प्नि थपिँदै गइरहेको बताउँदै विद्युत आपूर्तिको मागको व्यवस्थापनको लागि आवश्यक गृहकार्य जुन ढंगबाट अगाडि बढाउनुपर्ने हो त्यो हुन नसकेको बताए ।
मन्त्री खड्काले सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको भन्दै त्यसमा भएका कानुनी अर्चन र बाधाहरुलाई संसोधन गरी समय अनुकुल बनाइने बताए ।
उनले सबै उत्पादनहरुलाई अगाडि बढाउदा जोखिमपूर्ण कुराहरुलाई ध्यानमा राखेर उत्पादन बढाउनुपर्ने धारणा राखे ।

Spread the love