विद्युत विधेयकलाई संसदको आउँदो अधिवेशनबाट अन्तिम रुप दिइने ः उर्जा मन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकार विद्युत विधेयकलाई संसदमा पेश गरेर आउँदो अधिवेशनबाट अन्तिम रुप दिने प्रयासमा रहेको बताएका छन् ।
नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० को उद्घाटन गर्दै मन्त्री बस्नेतले विद्युत विधेयकले उत्पादनको वृद्धि र विद्युतको निर्यातलाई व्यवस्थित गर्न मद्दत पु¥याउँने बताए । उनले मन्त्रिपरिषद्को निर्णय अनुसार यही अधिवेशनबाट विधेयकलाई अन्तिम रुप दिने बताए ।
उनले भने, हामी दर्ता गर्दै छौ मन्त्रिपरिषद्ले पनि दर्ता गर्ने निर्णय गरिसकेको छ । त्यसकारण छिट्टे हामी विद्युत विधेयक संसदमा पेश गर्छौ यही अधिवेशनबाट नै त्यसलाई अन्तिम रुप दिने हाम्रो प्रयास हुनेछ । विद्युत विधेयकले ऐनको रुप लिएपछि अब उर्जा क्षेत्रमा यसको उत्पादनको वृद्धि गर्नको लागि, प्रशारण लाइनलाई थप विस्तार गर्नको लागि, वितरण प्रणालीलाई गुणात्मक बनाउँनको लागि र हामीसँग भएको विद्युतको निर्यातलाई व्यवस्थित गर्नको लागि यसले मद्दत पु¥याउँने छ । यो क्षेत्रको विकास र विस्तारको लागि त्यो निकै महत्वपूर्ण हुनेछ । ’
मन्त्री बस्नेतले व्यापार असन्तुलन घटाउँदै र निर्यातको मात्रा बढाउँदै गएको भन्दै छिट्टै नै व्यापारको एउटा सन्तुलन कायम गर्ने योजनाका साथ लागि रहेको बताए ।
स्वच्छ वातावरणको लागि विद्युतीय साधनहरुलाई सञ्चालनमा ल्याउँने कुरा सरकारको प्राथमिकतामा रहेको पनि उनको भनाइ छ । ०००

Spread the love