विमानस्थलमा बरामद १४ किलो सुनबारे छानबिन गर्न समिति

 

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ ।

शुक्रबार भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको प्रमुख भन्सार प्रशासक डा.टोकराज पाण्डेले जानकारी दिए ।

पौडेलको संयोजकत्वको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखाअधिकृत मञ्जु थापा रहेको उनले जानकारी दिए ।

सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ । सुन ल्याउने चन्द्र घलेसँगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरी अनुसन्धान थालिएको भन्सार कार्यालयका प्रमुख सहसचिव टोकराज पाण्डेले बताए ।

उनले भने, ‘सुन जस्तो देखिने पहँेलो धातु परीक्षणका लागि भन्सार विभाग पठाइएको छ । यस सम्बन्धमा थप छानविनका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।’
बिहीबार राति दुबईबाट आएका चन्द्र घलेको साथबाट करिव १४ किलो सुन बरामद भएको थियो ।

Spread the love