विहीबार नेप्से परिसूचकमा ८.७१ अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज विहीबार सेयर बजारको परिसूचक नेप्सेमा ८.७१ अंकले घटेर परिसूचक २०४९ विन्दुमा रोकिएको छ ।
नेप्से घट्दा कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४ करोडको कारोबार भएकोमा बिहीबार ५ अर्ब ५८ करोड १ लाखको भएको छ ।
३०३ कम्पनीको कारोबार भएकोमा ११३ कम्पनीको मूल्य बढ्दा १२८ कम्पनीको मूल्य घट्यो भने ५ को सेयर मूल्य स्थिर रह्यो ।
समग्र बजार घट्दा ब्यापार समूह २.३, हाइड्रोपावर १.८ र लगानी समूह १.११ प्रतिशत बढ्यो । टेलिकम सूचीकृत अन्य समूह भने सबैभन्दा धेरै ३.७ प्रतिशतले घटेको छ ।
बैंकिङ ०.५, विकास बैंक ०.८, फाइनान्स ०.९, होटल तथा पर्यटन ०.४, जीवन बीमा १.२, उत्पादन ०.६, माइक्रोफाइनान्स ०.३ र निर्जीवन बीमा ०.९ प्रतिशत घटे ।
समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कालिका पावर, सिंगटी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो ।
नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको मूल्य करिव १० प्रतिशतले नै बढ्यो ।तर,सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै (६.५६) प्रतिशत गुमाए ।

Spread the love