असार १० , काठमाडौँ । विहीवार सुनको मुल्यमा २ सयले गिरावट आएको छ । बुधवार प्रतितोला ९० हजार ७ सयमा कारोवार भएको छापावाला सुनको मुल्य विहीवार प्रतितोला ९० हजार ५ सयमा कारोवार भइरहेको छ । विहीवार तेजावी सुनको मुल्य प्रतितोला ९० हजारमा कारोवार भइरहेको छ ।
विहीवार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । बुधवार प्रतितोला १ हजार २ सय ९५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य विहीवार पनि प्रतितोला १ हजार २ सय ९५ रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।
