विहीवार सुनको मुल्यमा ४ सयले वृद्दि

जेष्ठ ६, काठमाडौँ । विहीवार सुनको मुल्यमा ४ सयले वृद्दि भएको छ ।बुधवार प्रतितोला ९३ हजार ३ सयमा कारोवार भएको छापावाला सुनको मुल्य विहीवार  प्रतितोला ९३ हजार ७ सयमा कारोवार भइरहेको छ । बुधवार  प्रतितोला ९२ हजार ८ सयमा कारोवार भएको तेजावी सुनको मुल्य विहीवार ४ सयले वृद्दि भएर प्रतितोला ९३  हजार २ सयमा कारोवार भइरहेको छ ।

विहीवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ । बुधवार प्रतितोला १ हजार ३ सय ७०  रुपैयामा कारोवार भएको चाँदीको मुल्य विहीवार प्रतितोला १ हजार ३ सय ६० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love