वृहत्तर लुम्बिनीको अवधारणाका साथ अगाडी बढेको जानकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ नहुने बताउनभुएको छ । लुम्बिनी विकास कोष परिषदको बैठकमा बोल्दै मन्त्री भट्टराईले लुम्बिनी क्षेत्रका स्थानीयहरुको आर्थिक र सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्न सकिएमात्रै लुम्बिनी हुनुको अर्थ हुने बताउनुभयो । अब लुम्बिनी भनेर मात्रै नपुग्ने भएकाले वृहत्तर लुम्बिनीको अवधारणाका साथ अगाडी बढेको उहाँले बताउनुभयो । लुम्बिनी घुम्न आउने पर्यटक र अध्ययन गर्न आउनेहरुले कम्तिमा पनि ३ दिनदेखि हप्तादिनसम्म बस्ने वातावरण भएमा त्यहाँका स्थानीयको आय शक्ति बढ्ने र रोजगारीको सिर्जना हुने उहाँले बताउनुभयो । बृहत्तर लुम्बिनी भयो भने मात्रै त्यहाँको आर्थिक, सामाजिक जीवनलाई लुम्बिनीले प्रभाव पार्छ । त्यहाका स्थानीयको आय, क्रयशक्ति बढ्दैन, उनीहरुको उत्पादन बढ्दैन, उनीहरुले रोजगारी पाउँदैनन र कुनै पनि आर्थिक कृयाकलाप उहँहरुसग सम्बन्धित हुँदैन भने लुम्बिनी हुनुको मतलब हुँदैन् र स्थानीयले अपनत्ज गर्न सक्दैनन्’, उहाले भन्नुभयो ।
मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीले त्यस क्षेत्रको पर्यटन व्यवसाय र कृषि उत्पादनमा बृद्धी गर्नुका साथै अन्य कुरामा पनि सहयोग पुग्ने बताउनुभयो । लुम्बिनी क्षेत्रको भ्रमण र अध्ययन गर्न आउनेहरु आफुले चाहेजति समय त्यहाँ बस्न सक्ने र अध्ययन गर्न सक्ने वातावारण निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । लुम्बिनी क्षेत्रको विकास निर्माण, उत्खनन र त्यसलाई एक अर्कासँग जोड्ने काम द्रुत गतिमा अगाडी बढ्ने उहाँले बताउनुभयो ।

Spread the love