वैदेशिक रोजगारीका लागि घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल

काठमाडौं । शुक्रबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ ।
सिंहदरवारमा बसेको उक्त समितिको बैठकले श्रम सम्झौता भएको मुलुक (युएई) मा वैदेशिक रोजगारीका लागि घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको हो ।
उक्त छलफलमा रास्वपाका सांसद गणेश पराजुलीले घरेलु श्रमिक कामदारका रुपमा महिलालाई नपठाउने भनेर बारम्बार प्रतिवन्धलाग्दै आएपनि महिला कामदार अहिले पनि युएईमा घरेलु श्रमिकका रुपमा रहेको बताए ।उनले यसरी घरेलु कामदार युएईमा जांदा पाएको दुःख, र दर्दनाक अवस्थामा राज्यले केहिगर्न नसकेको बताए ।
यसैगरी नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको पाटोसंग जोडिएर रहेका विषयहरु के छन् भन्दै उनले प्रश्न गरे ।उनले अहिले पनि एक लाखभन्दा बढि महिला दिदी बहिनीहरु खाडी मुलुकमा उद्धारको लागिवेदनापोखिराखेको अवस्था रहेको बताए । । हाम्रो सुरक्षाचाहियोभन्दाखेरि गृहमन्त्री, कानुनमन्त्रीर श्रममन्त्री हेरेर बसिरहनु हुन्छ ।

Spread the love