वैदेशिक रोजगारीमा रहेकाहरूलाई आईपीओ आवेदन समय ४ दिनमा सीमित

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने समयसीमा कटौती गरेको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ आवेदन दिनको लागि न्यूनतम १५ दिनको समय दिइँदै आएकोमा सो अवधि घटाएर ४ दिनमा सीमित गरेको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड (नवौं संशोधन) निर्देशिका, २०८२ जारी गर्दै प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने समयसीमा कटौती गरेको हो ।धितोपत्र निष्काशन तथा बाँडफाँड (नवौं संशोधन) निर्देशिका, २०८२ आगामि श्रावण १ गतेदेखि लागू हुने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड (नवौं संशोधन) निर्देशिका २०८२ प्राथमिक शेयर निष्काशन प्रक्रियालाई थप छरितो, प्रभावकारी र लगानीकर्तामैत्री बनाउन गरिएको हो । वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि सर्वसाधारण समूहमा छुट्याइएको १० प्रतिशत कोटामा यो व्यवस्था लागू हुनेछ ।
त्यसैगरि बैंक तथा वित्तीय संस्थाहरुलाई भने अविमोच्य असंचिति अग्राधिकार शेयर निष्काशन गर्ने व्यवस्था गरिएकोनेपाल धितोपत्र बोर्डले जनाएको छ ।

Spread the love