काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलेवैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय श्रम तथा रोजगार मेला–२०८१ उदघाटन समारोहमा बोल्दै उनले विगत १६ वर्षमा १४ हजार नेपालीले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएको बताएका हुन् ।
साथै उनले वैदेशिक रोजगारीको समस्या समाधान गर्न विज्ञहरुसँग छलफल गर्नुपर्ने बताए । उनले आन्तरिक रोजगारमा कहाँ कहाँ के के सम्भावना छन् भन्ने बारेमा पनि गहिरो छलफल गरिराखेको बताए ।