वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवन सिंह गुरुङ र नरेश गेलालको उम्मेदवारी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी चैत्र २९ गते हुने निर्वाचनका लागि अध्यक्षमा भुवन सिंह गुरुङ र नरेश गेलालको उम्मेदवारी परेको छ । भुवनसिंह गुरुङ लोकतान्त्रिक एसोसिएसनका अधिकारीका उम्मेदवार हुन् भने नरेश गेलाल प्रगतिशील समूहका उम्मेदवार हुन् । प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार अख्तर हुसेनले पहिलो नंबरमा नाम दर्ता गराएका छन् लोकतान्त्रिकबाट नरेन्द्र प्रसाद ढकाल र प्रगतिशील तर्फबाट लोकतान्त्रिकै सुजित कुमार श्रेष्ठको उम्मेदवारी परेको छ । त्यस्तै द्वितीय उपाध्यक्षमा लोकतान्त्रिकका देवकुमारको खोखाली र प्रगतिशील तर्फबाट समाजवादी संस्थाका मधुकर रिजालको उम्मेद्वारी परेको छ । त्यस्तै तृतीय उपाध्यक्षमा लोकतान्त्रिक तर्फबाट हर्क बहादुर लिम्बु र र प्रगतिशील तर्फबाट बैकुण्ठ प्रसाद पौडेल वैभवको उम्मेद्वारी परेको छ।
महासचिवमा लोकतान्त्रिकको तर्फबाट महेश कुमार बस्नेत र प्रगतिशील तर्फबाट लोकतान्त्रिककै कर्णराज कटुवालको उम्मेद्वारी परेको छ ।
सचिवमा ईश्वर सापकोटाले पहिलो नम्बरमैे उम्मेद्वारी दर्ता गरेका छन् । लोकतान्त्रिकबाट कुन्छ दोर्जे डिङडुङ र प्रगतिशील तर्फबाट अनिल बोगटीको उम्मेद्वारी परेको छ । कोषाध्यक्षमा लोकतान्त्रिकका विक्रम श्रेष्ठ र प्रगतिशील तर्फका धनमाया सिजालीले उम्मेदवारी दिएका छन् । । सदस्यहरुमा लोकतान्त्रिकका सुमनराज पाण्डे, भरत सापकोटा,विजयकुमार राई, कृष्ण ढकाल,विद्यालक्ष्मी बज्राचार्य, सुवर्ण लामा, देवीप्रसाद गिरी, कैलाश पाठक, रेखाशर्मा र राजकाजी भोलानको उम्मेद्वारी परेको छ।
प्रगतिशीलतर्फको संयुक्त प्यानलको सदस्य पदमा युवराज देवकोटा, छत्र बहादुर बस्नेत,हिमा गुरुङ्, रमा खड्का, राजेन्द्र बस्नेत, कामेश्वर शाह, राजेश यादव, देउमान नेम्बाङ, दिनेश बस्नेत र चन्द्रबहादुर लिम्बुको उम्मेद्वारी परेको छ।

Spread the love