वैशाख २५ पछि लक डाउन केही खुकुलो हुने संकेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लक डाउन केही खुकुलो हुने संकेत गर्नुभएको छ । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लक डाउन खुकुलो हुने संकेत गर्नुभयो । सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लक डाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उहाले बताउनुभयो । कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लक डाउनको स्वरुप परिवर्तन हुन सक्ने उहाँले बताउनुभयो । कारोनाका कारण दिर्घरोगी र अन्य विरामीहरु अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै विरामीहरुलाई अस्पतालसम्म पु¥याउनपनि लक डाउनको स्वरुप परिवर्तन हुन सक्ने उहाँले बताउनुभयो ।

मन्त्री ढकालले विभिन्न क्षेत्रबाट गाउँ फर्किएका नागरिकहरुको ¥यापिड डाइग्नोष्टिक परीक्षण जारी रहेको पनि बताउनुभएको छ । सर्वोच्च अदालतले बाटोमा रहेका र सीमा नाकामा रहेका नागरिकहरुलाई उनीहरुको घरसम्म पु¥याउन आदेश जारी गरेपछि सरकारले घर पु¥याउने नीति अवलम्बन गरेको उहाले बताउनुभयो । बाटोमा अलपत्र रहेका नागरिकहरुलाई सुरक्षित घर पु¥याइएको र आरडिटी परीक्षण जारी रहेको उहाँले बताउनुभयो । मन्त्री ढकालले विश्व महामारीको अवस्थामा सरकार र जनताको तर्फबाट भएका प्रयत्नहरुले नेपाल उच्च जोखिममा नहरहेको विश्व स्वास्थ्य संगठनले नै भनिसकेको बताउनुभयो ।

Spread the love