काठमाढौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘व्यवसायीहरूलाई कामदारप्रति इमानदार हुने हो भने मागपत्र प्रमाणीकरण, श्रम स्वीकृति आवस्यक नहुने बताएका छन् । बिहीबार नेपाल वैदेशिक रोजगार व्यवसायी तमुधी समाजले काठमाडौँको बसुन्धारामा आयोजना गरेको संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई, शुभकामना तथा सम्मान कार्यक्रममामन्त्री भण्डारीले व्यवसायीहरू कामदारप्रति इमानदार हुने हो भने मागपत्र प्रमाणीकरण, श्रम स्वीकृति आवस्यक नहुने बताएका हुन् ।
उनले भने, ‘व्यवसायीहरूलाई कामदारप्रति इमानदार हुने समस्या छ । वास्तवमा व्यवसायी आफूले पठाएका कामदारहरू पूर्णरूपमा इथिकल र इमानदार भइदिने हो भने मागपत्र प्रमाणीकरण, पूर्व तथा अन्तिम श्रम स्वीकृति केहीपनि चाहिने विषय होइनन्, सबै विषय हटाउन मन्त्रालय तयार छ । तपाईंहरू आफूले पठाएका कामदारप्रति समाजले अनुभूत गर्ने गरी इमानदार हुनुप¥यो ।’ मन्त्री भण्डारीले २०८२ साल वैदेशिक रोजगार प्रशासनका लागि सुधार र आधुनिकीकरणको वर्ष हुने पनि बताएका छन् । उनले वैदेशिक रोजगार ऐन २०६४ को संशोधन तथा व्यवहारिक समस्याहरूको समाधानका लागि गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयबीच समन्वय भइरहेको बताए ।