शेयर बजार परिसुचक नेप्से आइतवार ५० दशमलव १४ अंकले वृद्दि

जेष्ठ २३, काठमाडौं । शेयर बजार परिसुचक नेप्से आइतवार ५० दशमलव १४ अंकले  बढेर २ हजार ८५६ दशमलव ७६ पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स  ७ दशमलव ८८ अंक बढेर ५२० दशमलव ९९ पुगेको छ ।

आइतवार शेयर बजारमा  रू. १७ अर्ब २७ करोड १७ लाख ८७ हजार बराबरको कारोवार भएको छ ।आइतवार ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर कारोबार भएको हो ।

आइतवार बैकिङ ,बिकास बैक र फाइनन्स तिनै वित्तिय क्षेत्रको समुहगत परीसुचकमा वृद्दि भएको छ । बैकिङ क्षेत्रमा ३ दशमलव ६६ प्रतिशत ,  बिकास बैक क्षेत्रमा२ दशमलव ३८ प्रतिशत र फाइनन्स क्षेत्रमा १ दशमलव ४३ प्रतिशतले वृद्दि भएको छ ।

व्यापारिक समूहको १ दशमलव शून्य २ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव ५२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५७ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव १४ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ६८ प्रतिशत परिसूचक घटेको छ ।

आइतवार पनि कारोबार रकमको सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ ।

Spread the love