शेयर बजार परिसुचक नेप्से ७४ दशमलव ७१ अंकले वृद्धि

असार २७,काठमाण्डौ ।  शेयर बजार परिसुचक नेप्से आइतवार ७४ दशमलव ७१ अंकले बढेर २ हजार ८९९ दशमलव ८२ विन्दुमा पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३ दशमलव ७७अंकले बढेर  इन्ड ५४३ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आइतवार रू. ८ अर्ब ६ करोड १३ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन २२५ कम्पनीहरुको ८२ हजार ४९ पटकको व्यापारमा उक्त रकम बराबरको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर कारोबार भएको छ । आइतवार सर्वाधिक हिस्सा एनआईसी एशिया बैंकले ओगटेको छ । उक्त कम्पनीको रू. ३९ करोड ९६ लाख ११ हजार बराबरको शेयर कारोबार भएको हो ।

गोर्खाज फाइनान्स , श्री इन्भेष्टमेण्ट फाइनान्स र आईसीएफसी फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य २१ ऋोटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गोर्खाज फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. १०३ ले बढेर अन्तिम मूल्य रू. १ हजार १३३ , श्री इन्भेष्ण्टमेण्ट फाइनान्सको प्रतिकित्ता रू. ४१ ले बढेर अन्तिम मूल्य रू. ४५१ र आईसीएफसी फाइनान्सको प्रतिकित्ता रू. ५३ ले बढेर अन्तिम मूल्य रू. ५८३ पुगेको छ ।

आइतवार बैकिङ ,विकास बैक र फाइनन्स तिनै वित्तिय क्षेत्रको समुहगत परिसुचकमा वृद्धि भएको छ । बैकिङ क्षेत्रमा २ दशमलव ३४ प्रतिशत,८ दशमलव २९ प्रतिशतले विकास बैक क्षेत्रमा र ८ दशमलव ३७ प्रतिशतले फाइनन्स क्षेत्रमा वृद्धि भएको  हो । त्यसैगरी हाइद्रोपावर क्षेत्रमा शून्य २ दशमलव ८८ प्रतिशतले, व्यापार क्षेत्रमा शून्य दशमलव ९४ प्रतिशत,माइक्रो माइनन्स क्षेत्रमा २ दशमलव ५७ प्रतिशतले  उत्पादन तथा प्रशोधनको १ दशमलव ५७ प्रतिशत,जीवन बीमाको २ दशमलव८८ प्रतिशत ,अन्यको शून्य दशमलव शून्य ४ प्रतिशत र लगानी समूहको २ दशमलव ६८ प्रतिशतले वृद्धि भएको  छ ।

Spread the love