शैक्षिक प्रमाणपत्र धितो २५ लाख सम्म ऋण पाइने

शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजदरमा २५ लाख सम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् । त्यसैगरी १६ वर्षभन्दा माथिका विद्यार्थीलाई १ थान सिमकार्ड निःशुल्क दिइने जानकारी दिएका छन् ।

Spread the love